अत्तरिया, १६ पुस : कैलालीको गोदावारी नगरपालिका–१ मा अवस्थित अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको १० औँ साधारणसभा शनिबार सम्पन्न भएको हो ।
सहकारी संस्था की अध्यक्ष यादी रावतको अध्यक्षतमा सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष फणिराज सापकोटा रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहकारी संस्था हरुले साहुमहाजनहरुको चर्को ब्याज लाई अन्त्य गरिएको बताए ।
अर्थतन्त्रको मेरुदण्डमा रहेको सहकारी संस्था आज आफ्नै मन्त्रालयहरू गठन गर्न सफल भएको बताए । सहकारीले वेरोजगार भएर बसेका हरुलाई रोजगार दिएको उनले बताए । सर्वसुलभ तरिकाबाट ऋण प्राप्त गरेको उनको दावी रहेको छ ।
कार्यक्रममा विशिष्ठ अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी, नेफक कैलालीका अध्यक्ष टिकादत्त जोशी, गोदावरी नगरपालीका नगर प्रवक्ता तथा गोदावरी नगरपालीका वडा नं १ का अध्यक्ष गोपालदत्त भट्ट थिए ।
साधारणसभामा संस्थाको बार्षिक प्रतिबेदन संस्थाकी अध्यक्ष यादी रावतले गरेकी हुन । संस्थाको वार्षिक प्रगति प्रतिवेदन आय–व्यय प्रस्तुत संस्थाका व्यवस्थापक अर्जुन बिक ले गरेका थिए ।
संस्थाको प्रगति प्रतिवेदन संस्थाका ब्यवस्थापक अर्जुन विकले गरेका हुन् । अत्तरिया क्षेत्रमा न्युन आयस्तरभएका श्रमिकहरुलाई संगठित गर्दै २०६९ सालमा ६२ जना सदस्यहरू मिलेर संचालनमा ल्याइएको हो । सहकारी संस्थामा आ व २०७८\०७९ मसान्तसम्म आइपुग्दा ७ सय जना शेयर सदस्यहरु रहेका छन् जस मध्ये महिला ४ सय ५० जना र २ सय ५० जना पुरुष शेयर सदस्यहरू संस्थामा आबद्ध छन् । यसै गरीसंस्थाले शेयर सदस्यबाट २०७८\०७९ मसान्त सम्म मा ३० लाख ६१ हजार ८ सय रुपैयाँ शेयरपुँजी संकलन गरेको छ । संस्थाले आ व २०७८\७९ मा २ करोड ४९ लाख ५८ हजार रकम बराबरको आर्थिक कारोबार गरे संगै एक वर्ष को अवधिमा सम्पूर्ण खर्च कटाई ५ लाख १४ हजार रुपैया मुनाफा आर्जन गर्न सफल भएको संस्थाका ब्यवस्थापक अर्जुन वि.कले बताए । यसै गरी उनले आर्थिक वर्ष २०७८\७९ मा संस्था ले ६१ लाख ८९ हजार ५८ रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।
संस्था सदस्य ललिता रावतले कार्यक्रम सञ्चालन गरेसँगै स्वागत मन्तव्य संस्थाका लेखा समिति संयोजक मिनवहादुर रिठामेलीले गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक बासुदेव भट्ट, लगायत विभिन्न संघ\संस्थाका पदाधिकारी, प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।
