सेतीमा बगेर डोटीका एक युवकको मृत्यु

अत्तरिया : सेती नदीमा बगेर डोटीका एक युवकको मृत्यु भएको छ। नदीमा नुहाउने क्रममा बगेर दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका ३२ वर्षीय तेज बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए।

शनिबार दिउँसो नुहाउने क्रममा बिक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलको टोली घटनास्थलमा पुगी उद्धार गरे पनि पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.