राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। सर्वोच्च अदालतको फैसलाले रवि लामिछाने अनागरिक ठहर भएको हुँदा उनको अध्यक्षतामा खोलेको दल खारेज हुनुपर्ने माग गर्दै युवराज पौडेल ९सफल०ले आयोगमा निवेदन दिएका हुन्। ‘रवि लामिछानेलाई सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७९र१०र१३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षरसमेत अवैधानिक ठहर भएको छ,’ निवेदनमा भनिएको छ।

लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउँदा राष्ट्रिय गोपनियता भंग भएको र राष्ट्रिय हितविपरीतको काम भएको हुँदा रास्वपा खारेजभागी रहेको निदेवनमा जिकिर गरिएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरकिता पुनःप्राप्तिका लागि प्रक्रिया नपुर्‍याएको ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो। सर्वोच्चको फैसलापछि उनले आइतबार नै नेपाली नागरिकता लिइसकेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.