अत्तरियामा सञ्चालन भएको महोत्सवको नाफा १० लाख रुपैयाँ

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा सञ्चालन भएको महोत्सवको आयव्यय सार्वजनिक गरेको छ ।
अत्तरिया उद्योग बाणिज्य संघले अत्तरियामा संचालित प्रादेशिक महोत्सवको आयव्यय सार्वजनिक गरेको हो । पुष २७ देखि माघ ९ गते सम्म चलेको महोत्सवको संघले बिहिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेको छ ।
महोत्सवमा ३४ लाख ३ हजार ६५० बराबर को कारोबार भएको छ । यस्तै खर्च २९ लाख ४१ हजार ८० रहेको छ । संघका अध्यक्ष अशोकराज देबकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए । यो बाहेक केही ठाउँबाट रकम उठन बाँकी रहेको र कति ठाउँ तिर्न पनि बाँकी रहेको उनको भनाई रहेको छ । महोत्सवमा करिब १० लाख नाफा कमाएको जनाएको छ ।
‘टिकट विक्रि र अन्य विविध आम्दानीबाट उठेको रकम सोही समय खर्चमा मिलाएका छौ’ संघका अध्यक्ष देवकोटाले भने ‘केही उठ्न बाँकी रकम छ, त्यो उठेको खण्डमा करिब १० लाख सम्म यसपटक नाफा हुने अपेक्षा गरेका छौ ।’ उनका अनुसार महोत्सवको टिकट विक्रिबाट यो वर्ष २४ लाख ४४ हजार रुपैया आम्दानी भएको छ भने सिजनल टिकट विक्रिबाट १६ हजार ५ सय रुपैया उठेको छ ।
सार्वजनिक गरेको तथ्यांक अनुसार स्टल भाडाबाट ६ लाख ४३ हजार १ सय ५० रुपैया र रमाईवलो मेलाबाट ३ लाख रुपैया आम्दानी भएको छ ।
सबै मिलाएर महोत्सवबाट ३४ लाख ३ हजार ६ सय ५० रुपैया आम्दानी भएकोमा कलाकारमा मात्रै १४ लाख ३४ हजार १ सय रुपैया खर्च भएको छ । यस्तै प्रचारप्रसारमा ९३ हजार, –यालीमा १५ हजार, प्रिन्टिङमा १ लाख ४ हजार, सेक्युरिटीमा २ लाख ८५ हजार र टेन्टमा ३ लाख ८० हजार ५ सय रुपैया खर्च भएको छ ।
यस्तै वाद्यवाद्यनमा २१ हजार ८ सय, ईन्धनमा ९९ हजार ३ सय २५, यातायातमा ५० हजार, विविधमा १ लाख ८८ हजार ८ सय ९३, फुलमा २४ हजार, बिमामा २० हजार ३ सय ६२, एम्प्लीफायर खरिद तथा मर्मतमा २० हजार ४ सय १०, टिकट छपाईमा ६० हजार, लेबर ज्यालामा ४५ हजार ८ सय, सुरक्षाकर्मीको नास्तामा ९ हजार ५ सय, सामान ढुवानीमा ११ हजार, कर्मचारी ड्रेसमा १६ हजार, पुरस्कारमा ४ हजार ५ सय, ट्याक्टर भाडामा ८ हजार र विद्युत धरौटीमा ५० हजार खर्च भएको छ ।
महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । महोत्सवमा १५० ओटा स्टल रहेका थिए भने लामीतालमा डुंगाको व्यवस्था र बाल उद्यान पनि राखिएका थिए । महोत्सवलाई करिब ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान भएपनि कारणवश त्यसो हुन नसकेको अध्यक्ष देवकोटाले बताए । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट दर कायम गरिएको थियो ।
साथै संघले वार्षिक साधारण सभा र नयाँ नेतृत्व चयनका लागी सदस्यता नविकरण र नयाँ सदस्यता दर्ताका लागी सुचना जारी गरेको छ । बिहिबार नै बसेको संघको बैठकले संघमा आवद्ध सदस्यहरुको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिन चाहनेका लागी यही फागुन २० गतेसम्मको समयावधी तोकिएको छ । नयाँ सदस्यहरुले संघको नयाँ नेतृत्वका लागी हुने निर्वाचनमा समेत सहभागीता जनाउन पाउने अध्यक्ष देवकोटाले बताए ।
मुख्य प्रायोजक रहेको गोदावरी नगरपालिका ले दिने रकम पनि यकिन नरहेको संघले जनाएको छ । महोत्सव सफल पार्ने सवैलाई अध्यक्ष देबकोटाले धन्यवाद समेत दिएका छन् । बिगतमा महोत्सव को आय ब्यय संघले सार्बजनिक नगर्ने गरेको आरोप लागेपछि यो पटक समयमा नै आयव्यय सार्बजनिक गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.