Agni Offset Press

सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

Aarati simant

अत्तरिया : कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुणकुमार चौधरी लाई पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी लाई बिहिबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फेसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।

चौधरीको सांसद पद के हुन्छ ?
चौधरीले ६ महिना कैद सजाय भुक्तान नगरी उन्मुक्ति नपाउने भएका छन् । सुदूर पश्चिम प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले अदालतले तोकेको १० लाख रुपैयाँ जरिवाना तिर्नुका साथै ६ महिना कारागारमा बस्नुपर्ने बताए ।
तर, सांसद पद भने कायम रहने वा नरहने त्यस विषयमा भने कानुन मौन रहेको उपाध्यायको भनाई छ । उनी भन्छन्, ‘कसैले उजुरी गरेको भए चौधरीको उम्मेदवारी नै रद्द हुन्थ्यो । कानुन कार्यान्वयन गर्ने निकाय मौन रहदा उनी उम्मेदवार हुन पाए । र, निर्बाचित पनि भए ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.