Agni Offset Press

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई काँग्रेसको सुभेच्छुक संस्थाका रुपमा मान्यता

Aarati simant

अत्तरिया, १९ माघ : नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा मान्यता दिएको छ । केन्द्रिय कार्यसमितिले बिहिबार एक पत्र मार्फत संघलाई मान्यता दिएको हो ।
काँग्रेसको साउन २ गतेको बैठकको निर्णय अनुसार संघको तदर्थ कार्य समितिलाई सोहि मिति देखि शुभेच्छुक संस्थाका रुपमा मान्यता प्रदान गरेको संघका महासचिव रतनबहादुर कार्कीले जानकारी दिए । उनले संघलाई मान्यता दिन सहयोग गरेकोमा पार्टी केन्द्रिय सभापति, महामन्त्री, केन्द्रिय कार्य समिति, बिभागिय प्रमुख र शुभ चिन्तक सबैमा हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गरेका छन् ।  संघले पार्टीको निर्णय र निर्देशन अनुसार नै अगाडि बढ्नुपर्ने छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.