विशेष कार्यक्रमका गरी धनगढीको नास्ट कलेजको २३ औ वार्षिकोत्सव सम्पन्न

समय सुहाउदो शिक्षा लागु गरेकोले नास्टमा विद्यार्थी र अभिभावकको आर्कषण बढेको छ : प्रदेश प्रमुख जोशी

धनगढी : नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) को २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको हो । उनले नाष्ट कलेजसे गुणस्तरीय र प्राविधिक शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो, प्रदेश प्रमुखले भने, ‘यस कलेजले समय सुहाउदो शिक्षा लागु गरेकोले विद्यार्थी र अभिभावकको आर्कषण बढेको देखिन्छ ।’ कलेजका प्रबन्ध निर्देशक शिवहरि मुडभरी विद्यार्थी र अभिभावकको सहयोगले नाष्ट कलेज यस ठाउँमा पुग्ना सफल भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज पछि नपर्ने उनले बताए ।
कार्यक्रममा पूर्व सासद महेश्वर पाठक, अभिभावक डिल्लीराज शर्मा, पंकज अग्रवाल, नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रचार्य प्रेम बहादुर चन्द, एसपिए कलेजका प्रमुख योगराज उपाध्याय, ऐश्वर्य कलेजका प्रमुख प्रेमनिधि ओझा, सुप विवि का पुर्व रजिष्टार तथा नाष्ट कलेज व्यवस्थापन समितिका सदस्य डा. हेमराज पन्त, नाष्ट माविका प्रचार्य उपेन्द्रबहादुर बम, कक्षा १२ विद्यार्थी स्मृति शाही, वि.ई सिभिल सातौंको विद्यार्थी भाष्कर जोशी लगायत मन्तव्य व्यक्त गरेका थिए ।
नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका संस्थापन व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट मेधावि एवम् खेलाडी विद्यार्थीहरुलाई सम्मान सहित पुरुस्कार वितरण समेत गरिएको थियो ।
बार्षिकोत्सवका अवसरमा दिर्घराज पाध्यायसहितका कलाकारहरुले स्वागत गित, खुशी ठाकुरसहितका कलाकारहरुले यो नेपाली शिर उचाली गितमा नृत्य, सुप्रिया देउवासहितका कलाकारले गढवाली सांस्कृतिक प्रस्तुती, स्मृति भण्डारीसहितका कलाकारले तमाङ सांस्कृति प्रस्तुती गरेका देखाएका छन । कलेजका प्रवन्ध निर्देशक शिवहरि मुडभरी शर्मा सबै समुदायका कला संस्कृतिलाई जर्गेना गर्नका प्रयास गरिएको बताए । बार्षिकोत्सवका अवसरमा सुष्मा शर्मासहितका कलाकारहरुले ‘सय थरी बाजा…’मे नृत्य, निरुता चौधरीसहितका कलाकारहरुले थारु सांस्कृति प्रस्तुतीकरण, स्मृति शाहीसहितका कलाकारहरुले मगर सांस्कृतिक प्रस्तुती, रञ्जना पन्तसहितका कलाकारहरुले चोलि राम्रो पल्पाली ढाका टोपीमा सांस्कृतिक प्रस्तुती, सुनिता सोवसहितका कलाकारले नेवारी सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
त्यसैगरी हेमा ओझासहितका कलाकारले गुरुङ सांस्कृतिक प्रस्तुती, रिचा सुरीसहितका कलाकारले ‘डोली चढाई लैजान्या हो..’मा सांस्कृतिक प्रस्तुती, आशा सिंहसहितका कलाकारहरुले थारु सांस्कृति प्रस्तुती, उषा जोशीसहितका कलाकारले गुरुङ सांस्कृतिक प्रस्तुती र पूजा रावल सहितका कलाकारले सांस्कृति प्रस्तुती देखाएका छन । कार्यक्रम संचालन नवराज जोशी, हरेन्द्र विक्रम शाह र लिला पनेरुले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.