अत्तरिया : कैलालीको गोदावरीमा ‘प्याब्सन फेस्टिबल’ समापन गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीले आयोजना गरेको नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ शुक्रबार एक कार्यक्रम गरी समापन गरिएको हो ।
गोदावरी प्याब्सन नगर कमिटीका अध्यक्ष श्यामबहादुर खत्रीको अध्यक्षता समापन भएको उक्त प्याब्सन फेस्टिवल समापन कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति टिएन जोशी प्रमुख अतिथि थिए । प्रमुख अतिथि जोशीले मानिसका लागि स्वस्थ र खेलकुद अत्यन्त अपरिहार्य भएको बताए । पछिल्लो समय विद्यालयहरुले यस्ता अत्यन्त क्रियाकलापहरुलाई प्रवद्र्धन गर्दै आइरहेकोमा खुसी ब्यक्त गरे । ‘विद्यार्थीहरुमा अनुशासन हुनुपर्ने महत्वपुर्ण कुरा हो’, उनले भने । ‘विद्यार्थीहरुले अनुशासित भएर पढाइलाई मुख्य केन्द्रबिन्दु बनाएर यस्ता अतिरित्त क्रियाकलापहरुमा सहभागी गराएमो विद्यार्थीहरुको भविष्य उजागर हुन्छ ।’
माघ ४ गते बाट सुरु भएको फेस्टिबल माघ १० गते सम्म संचालन भएको थियो । प्याब्सन फेस्टिवलमा गोदावरी नगर क्षेत्रका प्याब्सनमा आवद्ध १६ विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्याब्सन फेस्टिवलमा खेलाईएको खेलहरुमा फुटबल, चित्रकला, सय मीटर दौड, भलीबल, रीले दौड, हाई जम्प, वतित्वकला प्रतियोगिता, निबन्ध लेखन लगायत प्रतिभाहरु प्रतिस्पर्धा भएको हो ।
फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईएको हो । उक्त खेलहरुमा प्रथम, दोस्रो, तेस्रो संगै उत्कृष्ट प्रतिभा दिएका सहभागी विद्यालयका विद्यार्थीहरुलाई समेत मेडल, ट्रफी पुरस्कृत र विभिन्न व्यक्तिहरुलाई सम्मान पत्र वितरण गरिएको थियो । साथै समापन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो सांस्कृतिक नृत्य प्रतिभा समेत झल्काएको थिए । यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा प्याब्सनका केन्द्रीय उपा–अध्यक्ष जगबिर थापा रहेका थिए । कार्यक्रममा विभिन्न विद्यालयहरुका संस्थापक, प्रिन्सिपल, शिक्षक लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको सञ्चालन किड्स जोन विद्यालयका संचालक मदन जोशी ले गरेका हुन् ।
सम्बन्धित पाेस्टहरु