‘बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन २०७९’ नगरसभाबाट पारीत

अत्तरिया : कैलालीको गोदावरी धामलाई समेटेर बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति बनाइने भएको छ । गोदावरी नगरपालिकाले शुक्रबार सम्पन्न नवौं नगरसभाबाट ऐन पारित भएसंगै बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति बनाउन लागेको हो । जसका लागि नगरपालिकाले ‘बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन २०७९’ नगरसभाबाट पारित गरको छ । नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले ऐन पारित भएसंगै अब समग्र गोदावरी धामलाई समेटेर समिति बनाइने बताए । समितिको मुल संरक्षकमा गोदावरी नगरपालिकाका नगरप्रमुख रहने प्रावधान ऐनमा राखिएको छ ।

शुक्रबार सम्पन्न भएको नगरसभाले बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन संगै अन्य ३ वटा ऐन पनि पारित गरेको छ । नगरसभाले तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन ऐन २०७९, फोहरमैला व्यवस्थापन ऐन २०७९ र गोदावरी नगरपालिकाको औद्योगिक व्यवसाय ऐन २०७९ पनि पारीत गरेको हो । माघ १८ गते सुरु भएको नगरसभामा पेश गरिएका ऐन अध्ययनको लागि नगरसभा पार्षदहरुलाई २ दिनको समय दिइएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.