धनगढीका मेयर हमालको प्रस्ताव, गेटामा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउ

धनगढी : कैलालीको गोदावरी नगरपालिका गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउन प्रस्ताव गरिएको छ। मेडिकल कलेज पूर्वाधार विकास समितिले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’का लागि कानून निर्माण गर्न र सञ्चालन गर्न प्रस्ताव गरिएको हो।

पूर्वाधार विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाललाई ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का लागि कानून निर्माण गर्न र गेटामा प्रतिष्ठान सञ्चालन गर्न प्रस्ताव गरेका छन्। गेटामा प्रस्ताविक मेडिकल कलेजका भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा छ। तर कानूनी प्रक्रिया पूरा नभएकाले अस्पताल सञ्चालन गर्न सकिएको छैन्। गेटालाई मेडिकल कलेज प्रतिष्ठान वा विश्वविद्यालय के बनाउने भन्नेमा सरकारले अझै निक्र्योल गरिसकेको छैन्। गेटा मेडिकल कलेज पूर्ण रूपमा सञ्चालनपछि सिंगो सुदूरपश्चिमवासीको स्वास्थ्य रूपान्तरणमा योगदान पुग्ने जनस्वास्थ्य विज्ञको दाबी छ। सीमावर्ती भारतीय बस्तीबाट पनि थुप्रै संख्यामा बिरामीलाई आकर्षित गर्न सकिने अवसर छ।
मेडिकल कलेजका ५२ मध्ये ३९ संरचना निर्माणको काम यो वर्ष पूरा हुँदै छ। जसमध्ये २९ संरचना निर्माण कम्पनीले मेडिकल पूर्वाधार विकास समितिलाई हस्तान्तरण गरि सकेको छ। यसैगरी गुरुयोजनाअनुसार बन्नुपर्ने बाँकी १० संरचना २०८० को चैतसम्म सक्ने लक्ष्य मेडिकल पूर्वाधार विकास समितिको छ। अबको एक वर्षभित्र सम्पूर्ण पूर्वाधार विकासको काम सकिने भनिए पनि मेडिकल कलेज सञ्चालन कहिले हुने भन्ने कुरा अझै भविष्यकै गर्भमा छ।

गेटा मेडिकल कलेजका २९ संरचनाको काम सकेर निर्माण कम्पनीहरूले मेडिकल पूर्वाधार विकास समितिलाई हस्तान्तरण गरेका छन्। १० वटा संरचना आगामी असारमा सक्ने लक्ष्य रहेको मेडिकल पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.