अत्तरिया, २१ माघ : कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ मा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष खडकसिंह ओलीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर बम रहेका थिए ।
‘म जो सुकै पार्टीबाट सांसद भएपनि विजय भइसकेपछि म सबैको साझा प्रतिनिधिको रुपमा उपस्थिति रहेको छु ।’ प्रमुख अतिथि वमले भने, निर्वाचन ताका पार्टी बिशेष भएर मत मागेपनि आफु निर्वाचित भइसकेपछि कसैलाई पनि काखा र पाखा नगरी प्रदेश ४ ख बाट साझा व्यक्तिको रुपमा आफुलाई प्रस्तुत गर्न उपस्थित भएको बताए ।
‘पानी नै जीवन हो, स्वस्थ पानी स्वस्थ जीवन हो । सरसफाई र स्वास्थ पानी हामीहरुको बाँच्ने एउटा आधार हो’ उनले भने । पानी विना प्राण रहँदैन पानी बिना जीवन रहदैन त्यसैले यो खानेपानी नेपालको सरकारले देशभरीका सम्पूर्ण वडाहरुमा खानेपानी पु¥याउने बताए । प्रत्येक वडा वडामा स्वच्छ खानेपानी पु¥याउने योजना नेपाली कांग्रेसको २०५६ सालमा निर्वाचित सरकारबाट घोषणा भएको योजना हो, उनले भने ।
‘आजको अवस्थामा सम्म आई पुग्दा सम्म धेरै वडाहरुमा खानेपानी पुगिसकेको उनले दावी गरे । उनले भने, ‘मैले निर्वाचन ताका मत माग्दा तापईहरुका बिचमा दुई वटा प्रतिवद्धता गरेको थिए । त्यसमा एउटा विकास निर्माण आफुले गर्न सक्ने योजनाहरु सम्पन्न गर्ने छु भन्ने र अर्को तपाईहरुकम बिचमा पटकपटक उपस्थित भई रहने छु भन्ने कुरा रहेको हो ।’
तपाईका दुख र सुखमा जनतासंगै रहने बताउँदै अफुले बोलेका कुरा पूरा गर्दै जाने त्यसमा दुई किसिमको बिकास निर्माण योजना अन्तरगत वडा नं ६ र ७ मा दुई वटा पुलको निर्माण गर्ने बताए । त्यस्तै ४ नं. वडालाई ७ नं. वडासंग जाड्ने पुल र ६ को राजमार्ग देखि दक्षिण जाने पुल मार्पmत जोड्ने कुरा आफ्नो कार्यकालमा निर्माण गरि सक्ने र आफु सांसद रहदा होस वा नहदा होस उक्त फुल पाँच बर्ष भित्र निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी संस्थाले आर्थिक वर्ष २०७८\०७९ मा ७० लाख ५५ हजार ४ सय रुपैया बराबरको आर्थिक कारोबार गरेको छ । त्यस्तै खानेपानी उपभोक्ता समितिको प्रगति प्रतिवेद्न प्रस्तुत संस्थाका अध्यक्ष खड्कसिंह ओलीले गरेका थिए । अहिलेसम्मको अवधिमा खानेपानी संस्थाले यस क्षेत्रका ११ सय भन्दा बढी उपभोक्ताहरुलाई खानेपानीको पहुँचमा पुगाउन सफल भएको संस्थाका अध्यक्ष ओलीले बताए । लेखापरीक्षण आयव्यय प्रतिवेदन संस्थाका सचिव रमेश ओलीले प्रस्तुत गरेका थिए ।
उक्त बार्षिक साधारणसभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रम संचालन सिमितका व्यवस्थापक पार्वती जोशीले गरेकी थिइन् ।
सम्बन्धित पाेस्टहरु