Agni Offset Press

बझाङमा ट्रकको ठक्करबाट १८ बर्षीय किशोरीको मृत्यु

Aarati simant

अत्तरिया: बझाङमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँएका छन् । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका – ४ को बजुवा बगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दुर्गाथली–३ रकैल घर भइ हाल केदारस्युँ ९ जुइल बस्दै आएकी २५ वर्षिया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो ।

धनगढीबाट बझाङका लागि छुटेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले सुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए बताए ।

मोटरसाइकल चालक र ट्रक चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.