
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया (बसन्तपुर) मा बस्दै आएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई बसन्तपुरमा बस्दै आएका बुद्धि सिंह बोगटीको करेन्ट लागेर मृत्यु भएको हो ।
बोगटी दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया बिएड प्रथम बर्षमा अध्ययनरत थिए । बोगटीको घरको छतमा फोनमा कुरा गर्दै गर्दा थ्रि फेज लाईनमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनको मृत्युको शोकमा आज क्याम्पसले शोक विदा दिएको छ । क्याम्पस प्रमुख डा. डम्बर बहादुर पालद्वारा जारी शोक शोक पत्रमा क्याम्पसमा अध्ययनरत विद्यार्थीको निधनले क्याम्पस परिवार स्तब्ध भएको उल्लेख छ । शोक स्वरुप १ दिन क्याम्पसका सम्पूर्ण पठनपाठन कार्य बन्द रहने जनाइएको छ ।
