
अत्तरिया : सुदूरपश्चिम सरकारलाई विश्वासको मत पाप्त गर्न मुस्किल परेको छ । नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताइन् । उनले राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टीका अध्यक्ष श्रेष्ठले बताइन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
