स्वास्थ्यमा समस्या भएपछि सांसद अरुण चौधरीलाई कारागारबाट अस्पताल लगियो

अत्तरिया : निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको स्वास्थ्यमा समस्या आएको छ । आँखामा समस्या आएपछि उनलाई अस्पताल लगिएको हो ।
धनगढी स्थित धनगढी नेत्रालयमा चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए

कैलाली २ बाट निर्वाचित भएका चौधरी २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका हुन् ।

२०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेर अदालत मार्फत कारागार चलान गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.