बलायरको स्वकीय सचिवमा सुरत रावत

अत्तरिया : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवम् कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरको स्वकीय सचिवमा सुरत रावत ‘डोटेली कान्छा’ नियुक्त भएका छन्।

कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेका रावतलाई बलायरले स्वकीय सचिवमा नियुक्त गरेका हुन्। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रावत चर्चित लोक देउडा गायक पनि हुन्। उनी कांग्रेस निकट सांस्कृतिक संघको उपाध्यक्षसमेत हुन्। पूर्वपत्रकारसमेत रहेका रावल पछिल्लो समय राजनीतिमा सक्रिय छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.