Agni Offset Press

थारु समुदायको संस्कृति सबैको सम्पति हो : बलायर

Aarati simant

अत्तरिया : प्रतिनिधि सभा सदस्य विरबहादुर बलायरले थारु समुदायको संस्कृति सबैको सम्पति भएको बताएका छन् । मंगलबार गोदावरीमा नगरस्तरिय माघि मिलेन सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हुन् । उनले थारु समुदायलाई हेर्ने दृष्टिकोण नै फेरिन आवश्यक रहेको बताए । ‘थारु, दलित, जनजाति समुदायका लागि राज्य छ भन्ने भान दिनसक्नुपर्दछ’, उनले भने । ‘त्यसका लागि आफ्नो तर्फबाट कुनै कुरा बाँकी राख्ने छैन् ।’ उनले थारु समुदायमा रहेको भलमन्सा, गुरुवाहरुलाई सामाजिक मर्यादा दिनुपर्ने मान्यतामा आफु रहेको बताए । थारु समुदायका अधिकारका लागि संसदमा बुलंन्द पार्ने बताए । थारु समुदाय संस्कतिमा धनी रहेको उनको भनाई रहेको छ । ‘थारु समुदायका संस्कृति प्रति जानकार छु’, उनले भने । ‘संस्कृति र सभ्यतालाई बचाई राख्न आवश्यक छ ।’ थारु समुदायको पहिरन विश्वव्यापीरकण भएको भन्दै उनले खुशी व्यक्त गरे ।
यस्तै मंगलबार नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आफुले निर्वाचनका समयमा बोलेका हरेक कुराहरुको ज्ञान अझै भएको र त्यसको झल्को आफुले संघिय संसद बाट पनि दिईसकेको बताए । ‘निर्वाचनका बेला मैले बोलेका कुराहरुबाट म बिमुख हुदैन’ उनले भने ‘आफ्नो जिम्मेवारीबाट पछाडी हट्ने काम हुदैन ।’ उनले देशमा भएको संविधानको अपदस्त गर्ने काम हुन लागेको समेत बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.