जानकारी विना प्रदेश सभा बैठक सारिएपछि कांग्रेस आक्रोसित

अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसले बिना सहमति प्रदेश सभा बैठक स्थगित भएपछि आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेससंग सहमति नै नगरेर बिना जानकारी सभामुख ले बैठक सारेको भन्दै आपत्ति जनाए ।

आज आफूले विश्वासको मत नआउने अवस्था आएपछि मुख्यमन्त्री राजेन्द्र रावलको निर्देशनमा सभामुखले बैठक स्थगित गरेको उनको आरोप छ । ‘बैठक सारिनुमा हाम्रो घोर आपत्ति छ,’ उनले भने, ‘विश्वासको मत नपाइने अवस्था भएपछि यो सबै गरिएको हो ।’

नेता शाहले बैठक भोलि (बिहीबार) १ बजेका लागि बोलाइएकाले उनीहरुकै प्रस्तुतीका आधारमा कांग्रेस अगाडि बढ्ने बताए । ‘ प्रदेश सभा बैठक भोलि फेरि बोलाइएको छ,’ उनले भने, ‘अब भोलि कसरी अगाडि बढ्ने भन्ने कुरा उनीहरुको प्रस्तुतीमा भर पर्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.