सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने नाउपाको निर्णय

अत्तरिया : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ । आफूहरूको माग र मुद्दा सम्बोधन नभएकाले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने निर्णयमा पुगेको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् । ‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ,’ प्रतिनिधि सभा सदस्यसमेत रहेकी श्रेष्ठले भनिन् ।

बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरूले बुधबार नाउपा नेताहरूसँग छलफल गरेका थिए । तर, दुवै पार्टीका नेताहरूबीच सहमति जुट्न सकेन । मुख्यमन्त्री रावलले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ । तर, नाउपाका सांसद काठमाडौंमै रहेकाले उनले विश्वासको मत पाउने सम्भावना न्यून छ । आज विश्वासको मत नपाए रावल स्वतः पदमुक्त हुनेछन् ।

त्यसपछि संविधानको धारा ६८ ९३० अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । रावल २७ पुसमा नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ ९२० बमोजिम अन्य ३ दलहरूको समर्थनमा रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.