प्रदेश सभा बैठक स्थगित, बैठक पुनः ४ बजे बस्दै

अत्तरिया : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक पुनः सरेको छ। आज दिउसो १ बजे बोलाइएको बैठक ४ बजे बस्ने भएको हो ।
नागरिक उन्मुक्ति पार्टीसँग सहमति जुट् नसकेपछि बैठक ४ बजे बस्ने भएको हो । प्रदेश सभा सचिव देव बहादुर बोगटीले सभामुखको आदेशानुसार बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए। यसअघि आज दिउँसो १ बजे बस्ने गरी बैठकको कार्यसूची तय गरिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.