कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको छ । ‘कृषि पर्यटन, उद्योग र व्यापार समृद्धिको बेलौरी आधार’ भन्ने मुल नाराका साथ बिहीबारदेखि बेलौरी खुलामञ्चमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको हो ।
बेलौरी उद्योग वाणिज्य संघको आयोजना एव बेलौरी नगरपालिकाको सह आयोजनामा दोस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला संचालन भएको छ । पञ्चायतकालिन जिल्ला सदरमुकाम समेत रहेको बेलौरी बजारको ५०औँ स्वर्णको अवसरमा महोत्सव आयोजना गरिएको हो । महोत्सवको एक कार्यक्रमका विच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन गर्दै उद्योगमन्त्री भण्डारी बेलौरी भन्सार नाका विस्तारका लागि पहल गर्ने बताए ।
सान्दर्भिकता र महत्वलाई अघि सार्दै अघि बढ्ने मन्त्री भण्डारीले बताए। मन्त्री भण्डारीले नेपाल भारत पारवहनको विषयमा समेत पहल गर्ने बताए, दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह निर्माणमा समेत गरिने बताए। सुख्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित बस्तु तथा सेवा निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुने बताए । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गर्न लागेको बताए । अध्यक्ष साउदले उद्योगमन्त्री भण्डारीको बेलौरी नाका विस्तारमा ध्यानाकर्षण समेत गराएका छन् ।
यस अघि बेलौरी उद्योग वाणिज्य संघले ०७५ सालमा पहिलो पटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो । कोरोना महामारीदेखि अन्य विवित कारणले मेला महोत्सव संचालन हुन सकेको थिएन । स्थानीय कलाकारलाई विशेष प्राथमिकता सहित दर्शकको चाहना अनुरुप राष्ट्रिय कलाकार समेत आमन्त्रण गरिएको छ। महोत्सवमा झण्डै एकसय स्टलमा विभिन्न व्यवसायिक तथा कृषि उपज राखिएका छन् । ७ फागुनसम्म संचालन हुने मेलामा लाखौँ दर्शनार्थिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा करोडौँको कारोबार हुने दावि गरिएको छ । तीन वर्षपछि बेलौरीमा बृहद महोत्सव हुन थालेपछि स्थानीय सर्वसाधारणलाई समेतलाई मेला अवलोकन एव किनमेल तथा मनोरन्जन र व्यवसायीलाई आफ्नो उत्पादित बस्तु तथा सेवा प्रर्बद्धनमा टेवा पुग्ने दाबी गरिएको छ ।