खप्तड छेडेदह गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाजुरा : बाजुरा खप्तड छेडेदह गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिवार एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले उद्घाटन गरे ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत अन्तरमावि खेलकुद प्रयोगिता सुरु भएका छन्
गाउँपालिकाको आयोजना र मष्टेश्वरी माध्यमिक विद्यालयको सह–आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । ९ वटा माध्यामिक विद्यालय रहेको खप्तड छेडेदह गाउँपालिकामा सबै माध्यामिक विद्यालयबाट विभिन्न विधाका खेलाडीहरुको टिमले सहभागीता रहेको छ ।
मष्टेश्वरी मावि डोगडीका विव्यस अध्यक्ष रामकृष्ण रावतको अध्यक्षतामा सञ्चालन गरिएको प्रतियोगितामा प्रमुख अतिथि खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत रहेका थिए । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विसु नाथ र निवर्तमान गाउँपालिका अध्यक्ष नरबहादुर रावत लगायत अन्य अथितिहरु रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.