धनगढीको छ लेन सडकमा वृक्षारोपण अभियान

अत्तरिया : धनगढी–अत्तरिया छ लेन सडकमा वृक्षारोपण कार्य सुरु गरिएको छ । धनगढी उप महानगरपालिकाले छ लेन सडकमा विभिन्न प्रजातिका बोटविरूवा तथा फूलको बोट रोप्ने अभियान अन्तरगत वृक्षारोपण कार्य सुरु गरिएको हो । छ लेन सडकमा विभिन्न प्रजातिका बोटबिरुवा तथा फूलको बोट सडकको मध्य भागमा रोप्ने कार्य आजबाट धनगढी चौराहदेखि सुरु भएको हो ।
उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षारोपण सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए । धनगढीको भन्साररोडदेखि वडा नम्बर १३ सम्मको उपमहानगर क्षेत्रभित्र पर्ने छ लेन सडकमा वृक्षारोपण गरिने उनको भनाई छ । कार्यक्रममा धनगढी उपमहानगरपालीका ३ का वडा अध्यक्ष राज बहादुर ऐरले बिहानको छ लेन सडक छेउमा वृक्षारोपण गरिएको बताए । उनले वृक्षारोपण र सरसफाई एक अर्काको अन्तरसम्बन्ध रहेकाले यस्ले सुन्दर र हराभरा देखीने जानकारी दिए ।
सामुदायीक स्वच्छता कायम राख्दै सरसफाईमा ध्यान दिनुपर्ने उनको जोड छ । यस्तै धनगढी ३ बोराडाँडीमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयले सफा नगर हाम्रो रहर भन्ने उदश्यसहित सरसफाई कार्यक्रम गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.