गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा विकास गरिने

काठमाडौं,२९ माघ : गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गरिने भएको छ। आज गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका सरोकारवालसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए। यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्नेछन्।
छलफलमा सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव सहभागी थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.