काठमाण्डौ, २९ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदुरका जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताएका छन ।
आइतबार काठमाण्डौमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले ठूला पूर्वाधार निर्माणका लागि आर्थिक समस्या हुने भएकोले सुदुरपश्चिमा रहेका सम्भावनाहरुको खोजी गर्दै त्यहाँको जनताको जीवन स्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताएका हुन । उनले सुदुरमा कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहकोले तीनको संरक्षण र प्रबद्र्धन प्रदेश सरकारले गर्ने बताए । एक अर्को प्रसगंमा बोल्दै मुख्यमन्त्री शाहले खुला सीमाका कारण सुदुर पश्चिम लागु औषद्यको उच्च जोखिम रहको र त्यसले किशोर किशोरीमा नराम्रो प्रभाब पारेकोले यसलाई निर्मुल पार्न तर्फ प्रदेश सरकार सजग रहेको दाबी गरे ।
नेपाली काँग्रेस बहुलवाद मान्य पार्टी भएकोले सबै जाती धर्म पेशा समुदायको संरक्षण गर्दै कसै पनि जातका आधार धर्मका आधारमा विभिेद गर्नु नहुने बताए । तीन दिन अघी सुदुरपश्चिम प्रदेश प्रमुखमा नियूक्त भएका शाहा शनिबार केन्द्रीय राजधानी आएका थिए ।
सम्बन्धित पाेस्टहरु