गेटा मेडिकल कलेज सञ्चालन संघर्ष समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

अत्तरिया : गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
युवा नेता लोकराज पाण्डेको संयोजकत्वमा गठित राष्ट्रिय चिकित्सा विश्वविद्यालय निर्माणार्थ गठित संघर्ष समितिले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । गेटा मेडिकल कलेजमा आइतबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले मेडिकल विश्वविद्यालय निर्माणका लागि दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाउन लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका उपसंयोजक आनन्द भट्टले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा स्थापना गर्न सरकारलाई दबाब दिने उद्देश्यले गठन गरिएको संघर्ष समितिले दबाबमुलक कार्यक्रम अन्तरगत नै ज्ञापन बुझाउन लागेको जानकारी दिए ।

उनकाअनुसार सोमबार धनगढी आइरहेका प्रधानमन्त्री दाहाललाई संघर्ष समितिले मेडिकल कलेज अनुगमन तथा निरीक्षकण गराउनेछ । संघर्ष समितिका संयोजक पाण्डेले गेटालाई मेडिकल विश्वविद्यालय बनाउन माग गर्र्दै समितिले आन्दोलनको अगुवाई गरिरहेको बताउदै सबैको साथ, सहयोगको आवश्यकता रहेको बताए । उनले मेडिकल विश्वविद्यालय स्थापना नभएसम्म संघर्ष समितिले दबाबमुलक कार्यक्रम जारी राख्ने समेत बताए । मेडिकल विश्वविद्यालय बनाउन सके मात्र सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रले फड्को मार्ने उनको भनाई थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.