अत्तरिया, १ फागुन : कैलालीको गौरीगंगा नगरपालिका वडा नं–६, कठौतीमा रहेको कैलाली भिजन स्कुलको १८ औँ बार्सिक उत्सब विविध सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
स्कुलका प्र.अ.ध्वज बहादुर बोगटिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष टेकबहादुर कुँवर थिए । कार्यक्रमका विशिष्ट अतिथि वडा सदस्य टेक बोगटी, अमर मा.बि.बनबेहडा प्र.अ.उजिर सिं कुँवर रहेका थिए ।
अन्य अतिथिहरुमा रानिफाँटा साब समुह अध्यक्ष चक्र बोगटी, जुपिटर एकेडेमी नेपाल प्रधानाध्याक मनिराम धामी, बिणा ग्रामीण विद्युत सहकारी सचिव हेमन्त राज जोशी (बाजे ) बनबेहडा खानेपानी तथा उपभोक्ता सरसफाइ समिती अध्यक्ष बहादुर खडकाले सुभकामना मन्तव्य ब्यक्त गरेका हुन ।
कार्यक्रममा विद्यालय द्वारा विभिन्न विद्यामा उत्कृष्ट छात्र–छात्रा हरुलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रमको संचालन शिक्षक महेस जोशीले गरेका हुन ।
सम्बन्धित पाेस्टहरु