शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबी गर्दै सुदूरपश्चिमका डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी

अत्तरिया : नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। जन्ममिति तथा शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको दाबी गर्दै सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता गरिएको हो। हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले जन्म मिति सच्याएर र नक्कली शैक्षिक योग्यताको प्रमाण पेस गरेर जागिर खाएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ।

सिंहले भारतीय शैक्षिक प्रमाणपत्र पेस गरेको र उक्त कलेजमा उनी पढ्दै नपढेकाले उक्त शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी उजुरीमा गरिएको छ। उमेर पनि सच्याएकाले उनी हाल बहालमा रहेको नत्र डीआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा गइसक्नुपर्ने दाबी गरिएको छ।

डीआईजी सिंहको अहिले एआईजी बढुवा हुने बेला भएको छ। सिंहकै ब्याचबाट आगामी चैतमा १ जना आईजी (महानिरीक्षक) हुनेछन् । सिंह समेत भावी आईजीको दाबेदार हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.