मालाखेती अस्पतालका अध्यक्ष मौनी, जो आफै बिरामीको उपचारमा खटिन्छन्

अत्तरिया : माथिको तस्विर कैलालीको गोदावरी नगरपालिका स्थित मालाखेती अस्पतालको हो । झट्ट हेर्दा अस्पतालका चिकित्सकले उपचार गरिरहेकोझैँ देखिने यो तस्विर बुझ्दा फरक छ । बिरामीले उपचार सेवा त पाइरहेका हुन्, तर यो अस्पतालका चिकित्सकबाट नभई ब्यवस्थापन समिति अध्यक्षबाट सेवा पाइरहेका छन् ।

मंगलबार हामी मालाखेती अस्पताल पुग्दा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डा.नरबहादूर मौनी एकजना हात भाँच्चिएका बिरामीको उपचारमा थिए । अध्यक्ष डा.मौनीले ति बिरामीको हात प्लास्टर गर्दै गर्दा हामी पुगेका थियौँ । हातमा चोट लागेर मालाखेती अस्पताल पुगेका ति युवकको उपचारमा अध्यक्ष मौनी आफै खटिएका थिए ।

ति युवकको उपचारमा मात्रै होइन मौनी अन्य थुप्रै बिरामीको उपचारमा आफै खटिएका हुन्छन् । नागरिकको सेवा गर्ने हुटहुटी बोकेका मौनी अध्यक्षको रुपमा भन्दापनि अस्पतालमा कर्मचारीझैँ काममा खटिएका देखिन्छन् । उनि अस्पताल पुग्दा बिरामी सुझाव लिन उनिकहाँ नै पुग्छन् । उनले समय मिलाएर मालाखेती अस्पतालका बिरामीहरुलाई उपचार सेवा संगै परामर्षपनि दिने गरेका छन् । पद्मा अस्पतालमा अधिकाशं निम्न तथा मध्यम बर्गिाय मानिस उपचारका लागी आउनुहुन्छ अध्यक्ष मौनीले भने ‘आधाजती पहाडी भुभाग भएको नगरपालिकामा अँझै धेरै नागरिक गरिबीको रेखामुनी हुनुहुन्छ, उहाँहरु सबैको निजि अस्पतालमा गएर उपचार गर्ने सामथ्र्य हुँदैन त्यस कारण मालाखेती अस्पतालमै आफुपनि केही सेवा दिन प्रयास गरेको हुँ ।’
हामीसंग १ जना बिषेशज्ञ चिकित्सक त हुनुहुन्छ तर सबै सेवा दिन सक्ने अवस्था हाम्रो अहिलेनै बनिसकेको छैन उनले भने । ‘दैनिक समय मिलाएर यहाँ आउँछु, अस्पतालको प्रशासनिक ब्यवस्थापन बारे बुझ्नुका साथै, भौतिक सुधार, सरसफाई लगायत म उपचारमापनि खटिन्छु, म आउँदा बिरामीले आश बोकोका हुन्छन्, यतै मैले गर्न सक्ने उपचारका लागी उहाँहरुलाई बाहिर जान बाध्य पार्दैन म सहयोग गर्ने गरेको छु ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.