मापसेपछि कुटाकुट गर्दा ‘म्याकुरी’ पक्राउ

अत्तरिया : मादक पदार्थ पिएर झगडा गरेको आरोपमा कलाकार पवन खतिवडा ‘म्याकुरी’ मोरङको बेलबारीबाट पक्राउ परेका छन्। कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ ।

मंगलबार राति बेलबारी नगरपालिका–१ स्थि होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेका बेलबारी(४ का एक युवालाई कुटपिटका क्रममा टाउको फुटाइदिएका थिए। होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले बताए। पीडित पक्ष इलाकामा आएर सहमति नगरेसम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.