धनगढीमा लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ

धनगढी : कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ८५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती २३ वर्षीया निलु चौधरी पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुबै जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.