रेशम चौधरी रिहा गर्ने देउवाको बचन !

काठमाडौँ : सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ । रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिनेदिन प्रदेश बैठकमै अनुपस्थित भएपछि सरकार ढलेर काँग्रेस नेतृत्वमा सरकार बनेको छ ।

त्यसो हुनुमा एमालेले उन्मुक्तिलाई दोषी देखेको छ । जबकि एमाले नेतृत्वको त्यो सरकार गठनका बेला उन्मुक्तिले समर्थन गरेको थियो । तर विश्वासको मत दिने दिन प्रदेश सभामा नै अनुपस्थित भयो । समर्थन गरेर मत नदिएपछि उन्मुक्ति पार्टी पनि एमालेसँग अन्य पार्टीभन्दा एमालेप्रति अलि कडा भएको व्यवहारले नै पुष्टि गरेको छ ।

रेशम चौधरी रिहामा एमाले बाधक भएको बुझाई उन्मुक्ति पार्टीका नेताहरूको छ । कांग्रेस, माओवादीलगायत मदेसवादी दलहरु रेशम चौधरी रिहाका लागि सकारात्मक भएपनि एमाले कठोर रहेको उन्मुक्ति पार्टीका एक केन्द्रीय सदस्यको भनाइ छ । सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई रेशम चौधरी रिहाका लागि ध्यानाकर्षण गराउन जाँदा उनले आश्वासन दिएपनि प्रक्रिया सुरु नगरेको ती नेताको गुनासो छ । कांग्रेसले भने रिहाका लागि पटक पटक प्रयास गर्नुका साथै प्रक्रिया सुरु गर्दा समेत एमाले बाधक बनेको ती नेताको आरोप छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार गठन भएपछि पहिलो काम रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएका छन् । त्यसका लागि उन्मुक्ति पार्टीले काँग्रेसलाई सहयोग गर्नुपर्ने उनले सर्त राखेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.