अत्तरिया : गोदावरी नगरपालिका वडा नं. ४ बुढितोलामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको ४० औ वार्षिकउत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
बुधबार एक कार्यक्रम गरी मनाएको बार्षिकोत्सवको प्रमुख अतिथि गोदावरी नगरपालिका मेयर विरन्द्र भट्ट रहेका थिए । प्रमुख अतिथि भट्टले शिक्षाको क्षेत्रलाई अगाडडि बढाउन धेरै कुराहरुको आवश्यकता पर्ने बताए ।
उनले त्रिकोणात्मक सम्बन्ध नरहे विद्यालय अगाडी बढ्न नसक्ने र विद्यालयको शैक्षिक गुणस्तरलाई पनि अगाडि बढाउन नसकिने बताए ।
‘विद्यालयको विकास र शैक्षिक गुणस्तरका लागी अभिभावक, विद्यालय र शिक्षकको भुमिका महत्वपुर्ण रहन्छ’ उनले भने ‘यसमा एक तर्फबाट पनि कमी कमजोरीहरु भए सम्पुर्ण शिक्षाक्षेत्र नै समस्यामा पर्न जान्छ ।’ उनले अरुले के ग¥यो भन्ने विषयको पछि लाग्नुभन्दा पनि मैले के गर्दैछु भन्ने कुरा मनन् गर्न सके कुनै पनि क्षेत्रमा विकास निमार्णको कार्य पछि नपर्ने बताए । नगरप्रमुख भट्टले पर्यटकीय क्षेत्रमा अविस्थत विद्यालय विकसित बन्ने तर्फ अग्रसर बनिरहेको बताए । उनले प्राकृतिक दृष्ट्रिकोणले नगरपालिकाकै पर्यटकीय क्षेत्रको रुपमा रहेको क्षेत्र र वातावरणीय दृष्ट्रिकोणले हेर्दा राम्रो हावापानी भएको क्षेत्रकाले यहाँको विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडी बढाउन सकिने बताए । उनले भोलीको भविष्यलाई हेरेर फेरी एउटा नयाँ ४ कोठे पक्कि भवन निर्माणका लागी सम्झौता भैसकेको बताए । ‘हावापानी र शिक्षाको गुणस्तरका कारण नेपालबाट पढ्नका लागी हामी हाम्रा बालबालिकाहरुलाई अध्ययनका लागी नैनिताल, देहरादुन तिर पठाउने गर्दछौ’ उनले भने ‘त्यो परिस्थित हामी यहाँ किन सृजना गर्न नसक्ने, हामी किन नलाग्ने । सबैको हातेमालो भए यसलाई त्यो पर्यटकिय स्वरुप दिन सकिन्छ । त्यसका लागी राष्ट्रिय भुकम्प प्रविधि समाज नेपाल नामक संस्थासँग अनुरोध गरेर भवनका लागी सम्झौता भैसकेको छ ।’ नगरपालिकाकै रमणिय ठाउँमा अवस्थित भएकाले पनि उक्त विद्यालयलाई शिक्षाको हब बनाउन सकिने र त्यसका लागी सबैको हातेमालो आवश्यक भएको उनले बताए ।
कार्यक्रममा विद्यालयले यसअघि आयोजना गरेका विभिन्न शैक्षिक एवम् खेलकुदका गतिविधिहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यतिमात्रै नभई विद्यालयको शैक्षिक गुणस्तर र भौतिक संरचना निर्माणमा सहयोग पु–याउने व्यक्तित्वहरुलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र रोक्कामगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका कलावती उपाध्यायले गरेकी हुन् ।
सम्बन्धित पाेस्टहरु