धनगढीका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न मेयरलाई ज्ञापनपत्र

धनगढी : धनगढीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र नीजि स्रोत शिक्षकको व्यवस्थापनको माग गरिएको छ। धनगढीका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न र निजी स्रोतमा कार्यरत शिक्षकहरूको उचित व्यवस्थापन गर्न विभिन्न १२ माग राख्दै अभियान थालिएको हो। बुधबार धनगढी उपमहानगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाएका छन। अभियानका संयोजक पुष्पराज रानाले धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने र निजी स्रोतमा कार्यरत विद्यालयको व्यवस्थापन गर्न दबाब दिन अभियान थालेको बताएका छन्।
यसअघि अभियानका तर्फबाट धनगढी उपमहानगरपालिकाका वडा अध्यक्षहरूलाई ज्ञापन पत्र बुझाएर समस्या समाधान गर्न ध्यानाकर्षण गर्ने काम गरेको संयोजक रानाले बताए।

धनउपाका वडा नम्बर १ देखि १९ का वडा अध्यक्षहरूलाई ज्ञापन पत्र बुझाइएको बताए। ज्ञापन पत्रमा हरेक विद्यालयमा एक कक्षा एक शिक्षकको व्यवस्था हुनुपर्ने, निजी स्रोत शिक्षकलाई नगर शिक्षक घोषणा गर्नुपर्ने, वडा शिक्षा समितिलाई क्रियाशिल गराउनुपर्ने, उपमहानगरले कुल बजेटको २० प्रतिशत शिक्षामा बिनियोजन गर्नुपर्ने जस्ता १२ वटा माग गरिएको छ।
उक्त अभियानका संयोजक रानाले १२ बुदे मागसहित ज्ञापनपत्र बुझाइएकोले माग सम्बोधन नभएको खण्डमा सामुदायिक विद्यालयको व्यवस्थापनको जिम्मेवारी धनगढी उपमहानगरपालिकाले लिनुपर्ने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.