पक्राउ परेका सांसद चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

अत्तरिया : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको रिटमा उच्च अदालत, दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सांसद चौधरीले रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालतमा रिट दायर गरेका थिए। त्यस्तै, माघ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो। दुवै रिटमाथि बुधबार भएको सुनुवाइमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीर गरेको छ।
कैलाली जिल्ला कारागारमा रहेका चौधरीले जिल्ला अदालत, कैलालीबाट भिडिओ प्रविधि मार्फत बयान दिएका थिए। उनले आफूमाथि अन्याय भएको जिकिर गरेर्। म फरार होइन, १० वर्षदेखि त्यहि ठाउँमा बसेर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छु। तर, मलाई अपरणको शैलीमा पक्राउ गरि मेरो चरित्र हत्या गरे, मलाई न्याय चाहिन्छ,’चौधरीले भने। उनले १० वर्षअघि भएको फैसलाबारे आफूलाई कुनै जानकारी नभएको बताए। आफू कहिल्यै फरार नरहेको हुँदा न्यायका लागि अपील गरेको बताए।

थरुहट आन्दोलनका क्रममा २०६६ भदौ ३ गते ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महीना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.