सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३९५ कैदीबन्दीको कैद माफी मिनाहा

अत्तरिया : राष्ट्रपति विद्या भण्डारीले ३९५ कैदी बन्दीको कैद माफी मिनाहा गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा मिति फागुन ७ गतेदेखि लागू हुने गरी कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.