अत्तरिया : सुदूरपश्चिम प्रदेशमा ७३ औं प्रजातन्त्र दिवस भव्यताका साथ विभिन्न कार्यक्रम गरि मनाइदैँ छ । आज सहिद गेटमा सहिदलाई माल्यार्पणको कार्यक्रम गरिने छ । दिवसको अवसरमा सहिद गेटदेखि प्रभातफेरीको आयोजना गरि प्रजातन्त्र बिशेष कार्यक्रममा गरिने छ ।
यस्तै, भोली दिपावली गर्ने कार्यक्रम राखिएको छ । वि.सं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष दिवस मनाईने गरिएको छ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ जेठ १५ गते पहिलो संविधान सभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको छ ।
सम्बन्धित पाेस्टहरु