अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ३ मा रहेको चौकिडाँडा महिला सामुदायीक बन उपभोक्ता समूह ले मानाङक फाउन्डेसन नेपाल अत्तरिया लाई निःशुल्क महाप्रस्थान यान हस्तान्तरण गरेको छ।
आईतबार वन ले एक कार्यक्रम को आयोजना गरि उक्त निःशुल्क महप्रस्थान यान चौकीडाँडा महिला सामुदायीक वन उपभोक्ता समूह का अध्यक्ष प्रेम राज भण्डारी ले मानाङक फाउन्डेसन नेपाल का अध्यक्ष निरज कार्की लाई हस्तान्तरण गरेका हुन्।
यस्तै चौकीडाँडा महिला सामुदायीक वन को २७ लाख ५ हजार बराबरको अर्थिक सहयोगमा उक्त यान को प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रकाश बहादुर बम ले रिबन काटेर उद्घाटन गरेका थिए। चौकीडाँडा महिला सामुदायीक वन का अध्यक्ष प्रेम राज भण्डारी को सभापतीत्व मा आयोजित कार्यक्रम का प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बहादुर बम रहनु भए संगै विशिष्ठ अतिथि मा गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तेज राज अवस्थी थिए । सामाजिक सेवामा समर्पित मानाङक फाउण्डेसन नेपालले गोदावरी नगरपालिक तथा पायक पर्ने अन्य ठाउँमा मानव जिबनको अन्तिम यात्रा शब यात्रा मा सहजी करण गर्न निशुल्क सेवा सहित महाप्रस्थान यान सेवा सन्चालन मा ल्याइएको फाउण्डेसनले जनाएको छ। हस्तान्तरण गरिएको उक्त यान को वार्षिक सञ्चालन ८ लाख ५० हजार रकम अनुमानित खर्च लाग्ने फाउन्डेसन ले जनाएको छ।
कार्यक्रम संचालन मानाङक बचत तथा ऋण सहकारी संस्था का प्रबंधक प्रकाश जोशी ले गरे संगै विभिन्न संघ संस्था का प्रतिनिधि, पदाधिकारीहरु लगायत बुद्धिजिवि,समाजसेबी व्यक्तिहरू को समेत उपस्थिति रहेको थियो।