अत्तरिय : गोदावरी नगरपालिका अत्तरियामा रहेको सत्यवती एकेडेमिले बार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । आईतबार सत्यवती सत्यवती एकेडेमिले ११ औं बार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो ।
एकेडेमिका अध्यक्ष तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस पूर्व संस्थापक क्याम्पस प्रमुख गिरीराज कडायतको सभापतित्वमा सुरु भएको वार्षिकोत्सवमा प्रतिनिधि सभा सदस्य विरबहादुर बलायर प्रमुख अतिथि थिए ।
वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति गरिएको हो । वार्षिकोउत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक मनमोहक प्रस्तुति गरेका हुन । विद्यालयले ११ औं वार्षिकोउत्सवकोे अवसरमा १ हप्ता अघि देखि खेलाउदै आइरहेको खेलहरु फुटबल, भलीवल, टेबलटेनिस, कबड्डी, हाजिरजवाफ प्रतियोगिता लगायत विभिन्न इन्डोर आउटडोर विधामामा विद्यालयमा अध्ययनरत खेलकुदमा सहभागी प्रथम, दोस्रो र तेस्रो विद्यार्थीहरु तथा उत्कृष्ट विद्यार्थीहरुलाई समेत प्रमाणपत्र,मेडल,पुरस्कार वितरण गरेका थिए ।
विस २०६५ साल स्थापना भई ११० जना विद्यार्थीहरु बाट सञ्चालनमा आएको उक्त एकेडेमी नर्सरी कक्षा देखि १२ सम्म पठनपाठन भईरहेको छ । हाल एकेडेमीमा १७ सय जनाभन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन् ।
सोमबार वार्षिकोत्सवको अवसरमा कार्यक्रमहरु रहेका छन । वार्षिकोत्सव आईतबार ४ देखि १२ कक्षा सम्मको विद्यार्थीहरुलाई सहभागी गरी मनाएको थियो भने सोमबार पनि निरन्तर नर्सरी कक्षा देखि ३ कक्षा सम्मका विद्यार्थीहरुलाई सहभागी गरी मनाइने एकेडेमिका संस्थापक विरबहादुर कडायतले जानकरी दिए ।