अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आफूले चाँडै विश्वासको मत पाउने दाबी गरेका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको र आफूले पाउने दाबी गरेका हुन् ।
‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’उनले भने, ‘सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। उनले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन नहुने बताए । ‘ निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,’ उनले भने।
पुस २७ गते एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले ३० दिन भित्र विश्वासको मत नपाएपछि पुस २६ गते संविधानको धारा १६८ उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् । तर, उनले केही दिन भित्र विश्वासको मत पाउने दाबी गरेका हुन् ।