डोटी : डोटीमा नेपाली सेनाले निर्माण गरेको हेलिप्याड गाँउपालिकालाई हस्तान्तरण गरिएको छ। सिलगढी स्थित भैरव प्रसाद गणले बोगटान फुड्सिल गाउंपालिका वडा नम्बर ७ चबराचौतारामा निर्माण गरेको हेलिप्याड आज एक कार्यक्रमका बिच भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बोगटान फुड्सिल गाउंपालिकाका अध्यक्ष कमल गड्सिलालाई हस्तान्तरण गरेका हुन्।
हेलीप्याडको आजै भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्की र बोगटान फुड्सिल गाउंपालिका अध्यक्ष कमल गड्सिलाले संयुत्त रुपमा उद्घाटन समेत गरेका छन्। भैरव प्रसाद गणले चालु आर्थीक वर्ष २०७९\०८० मा सिमिक कार्यक्रम अन्तर्गत नेपाली सेनाको पांच लाख बराबरको बजेटबाट उत्त हेलिप्याड निमार्ण गरेको हो।
नेपाली सेनाले गरेको हेलिप्याड निर्माण कार्यबाट सैनिक नागरीक सम्बन्ध सुधारमा थप टेवा पुगेको र गाउंपालिकाका करिव अठार हजार स्थानीय लाभान्वित हुने बताईएको छ। निर्माण भएको हेलिप्याड जिल्ला सदरमुकामबाट करिब ७२ किलोमिटरको दुरिमा रहेको छ। उपचारको लागि सुविधा युक्त ठूलो अस्पताल नभएको उत्त गाउंपालिकामा गम्भीर खालका विरामी, सुत्केरी महिलालाई तत्काल उद्धार गर्न तथा वर्षातको सयमामा हुन सक्ने विपद्का घटनाहरुमा राहत तथा उद्धारकार्यमा सहज हुने विश्वास गरीएको छ।