किड्सजोन एकेडेमीको वार्षिकोउत्सव

अत्तरिया, ८ फागुन : अत्तरियामा रहेको किड्सजोन एकेडेमीको वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच एकेडेमीको ७ औं वार्षिकोत्सव सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै शिक्षाको गुणस्तर संगै स्थानीय रोजगारीका लागि पनि महत्वपुर्ण भुमिका एकेडेमीले निभाएको नगर प्रमुख भट्टले बताए ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । त्यसका साथै कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बरबहादुर पाल, नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्ट, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष जगबिर थापा, प्याब्सनकै केन्द्रिय सदस्य यज्ञराज हमाल, मालाखेती अस्पतालका अध्यक्ष डा. नरबहादुर मौनी, प्याब्सन सुदूरपश्चिमका सचिव यम भण्डारी लगायतको सहभागीता रहेको थियो । विद्यालयका शिक्षक शंकर बडैलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कक्षा ४ मा अध्ययनरत छात्र कनिस पाठक र कक्षा ५ मा अध्ययनरत छात्रा सम्भवी भट्टले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.