अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले किसानहरुलाई कृषि यन्त्र उपकरण सामग्री वितरण गरेको छ । मंगलबार नगरपालिले एक औपचारीक कार्यक्रम आयोजना गरी १ सय वटा कृषि यन्त्र उपकरण सामग्रीहरु ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरेको हो ।
उक्त कृषियन्त्र उपकरण गोदावरी नगरपालिका नगर प्रमूख विरेन्द्र भट्टले कृषकहरुलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी नगरवासी किसानहरुलाई कृषि उपकरण यन्त्र हस्तान्तरण गर्न पाउँदा एकदमै खुशी लागेको बताए । उनले नगर भित्रका किसानहरू लागि एउटा सम्मान स्वरूप यन्त्र उपकरण हस्तान्तरण गरेको र यसको सही तरिकाले सदुपयोग हुने विश्वास रहेको बताए । उनले भने । ‘किसानहरुले आफ्नो आयश्रोतलाई अघि बढाएर आत्मनिर्भरताको साथ जीवनस्तर उकास्नु सहज हुनेछ ।’
यस्तै कार्यक्रममा नगरपालिका प्रमूख प्रशासकीय अधिकृत बसन्तकुमार खत्रीले किसानहरुले उक्त उपकरणको सदुपयोग गरेर आयआर्जनमा वृद्धि र व्यावसायीकमा विकास होस् भन्ने उदेश्यसका साथ वितरण गरेको बताए । उनले कृषिमा लगनशील भएर जुटेका कृषकहरुले गरेका कार्यले राष्ट्रलाई टेवा पुगोस् र समाज–समूहलाई एकताबद्ध बनाओस् भन्ने उदेश्य रहेको बताए । उनले किसानहरुले उक्त उपकरण प्रदान गरे पश्चात आफ्नै उपकरण सोचेर सदुपयोग गर्न आग्रह गरे । उनले यन्त्र प्रयोग गरेर यसबाट आउने कमी कमजोरीहरुलाई हेरेर आगामी दिनमा यस भन्दा थप बढी कृषि उपकरण हरु वितरण गरिने बताए ।
नगरपालिकाले गोदावरी नगरभित्रका कृषि समूह, फर्महरु र व्यक्तिगत गरी १ सय कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ७५ वटा २२ हर्स पावर र २५ वटा ७ हर्स पावर गरी १ सय वटा कृषियन्त्र उपकरण वितरण गरेको कृषि शाखा प्रमुख नन्दी मल्लले जानकारी दिईन् ।
उक्त कार्यक्रममा किसानहरुले कृषि यत्रउपकरण सामग्री पाएँ पश्चात नगरपालिकलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख महाजित साउदले गरेका हुन ।
सम्बन्धित पाेस्टहरु