उद्योग वाणिज्य संघ गौरीगंगाको अध्यक्षमा : पौडेल

मसुरिया : कैलालीको गौरीगंगा उद्योग वाणिज्य संघको अध्यक्षमा खेमानन्द पौडेल चयन भएका छन् । बुधबार भएको प्रथम साधारण सभाले पौडेलको अध्यक्षतामा १३ सदस्यीय समितिको सर्वसहमतिमा चयन गरेको हो । समितिको उपाध्यक्ष (वाणिज्य) रोहित भाट, उपाध्यक्ष (उद्योग) पुस्कर भुसाल, उपाध्यक्ष (वस्तुगत) जित बहादुर देउवा, महासचिवमा डिल्लीराम आचार्य, सचिवमा प्रकाश केसी र कोषाध्यक्षमा दुखीराम चौधरी चयन भएका छन् । समितिको सदस्यहरुमा क्रमशः दिनेश बम, पार्वती देवी देउवा, चन्द्र प्रसाद सापकोटा, प्रकाश आचार्य र जनकराज अधिकारी सर्वसहमतिले चयन भएको निर्वाचन संयोजक खडक मन्नीले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.