अत्तरिया : कैलालीमा हायसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मिमा हायस दुर्घटना भएको हो ।
गौरीगंगा नगरपालिका वडा नम्बर ६ का पैदल यात्री केहुँराम चौधरीको दुर्घटनामा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ।
कैलाली प्रहरीका अनुसार बिहीवार बिहान धनगढीबाट नेपालगंज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो। कैलालीको बल्मि क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।
सम्बन्धित पाेस्टहरु