अत्तरिया : कैलालीको गोदावरी नगरपालिका क्षेत्र भित्र रहेको मोहना– अत्तरिया ६ लेन सडकमा स्मार्ट लाइट जडान गरिने भएको छ । उक्त स्मार्ट लाइट ६ लेन सडक अत्तरिया देखि नगरपालिका सिमाना गेटा (७ किलोमीटर) सम्म सिघ्र जडान गरी संचालन ल्याइने भएको हो ।
बिहीबार गोदावरी नगरपालिका र नेपाल विद्युत् प्राधिकरण बीच सम्झौता भई सडकमा स्मार्ट लाइट जडान गरिने भएको हो । मोहना– अत्तरिया ६ लेन सडक अन्तर्गत गोदावरी नगरपालिका अत्तरिया देखि धनगढीको सिमाना गेटा करिब ७ किलोमीटर (६ लेन सडक) सम्म नेपाल विद्युत प्राधिकरणको ४० तथा गोदावरी नगरपालिकाको ६० प्रतिशत लगानीमा केही समयमा नै सडक बत्ति सन्चालनमा आउने गरि सम्झौता भएको नगर प्रमुख बिरेन्द्र भट्टले जानकारी दिएका छन ।
सम्बन्धित पाेस्टहरु