बालुवाटार बैठक सकियो, राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन

काठमाण्डौँ : राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ। बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ।
नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.