राष्ट्रपति निर्वाचन : एमालेबाट सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौँ : आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो।

संवैधानिक व्यवस्था अनुसार पाँच जनता प्रस्तावक र समर्थक राखेर एमालेले नेम्वाङको उम्मेवदारी दर्ता गराएको हो। नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्। समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ। शनिबार बिहान मात्रै पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.