राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि पौडेलले गराएको उम्मेदवारी दर्तामा प्रस्तावक शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र मो. अब्दुल खान छन्।

समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.