डडेल्धुरामा चितुवाको हड्डीसहित दुईजना पक्राउ

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डीसहित दुईजना पक्राउ परेका छन् । करिब ४ किलो बाघको हड्डीसहित शनिबार राति बाजुराको बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीरबहादुर वली पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टका अनुसार सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.